सुरक्षित र आयमूलक क्षेत्रमा मात्र सहकारीलाई ऋण लगानी गर्न सचिवको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुरक्षित र आयमूलक क्षेत्रमा मात्र सहकारीलाई ऋण लगानी गर्न सचिवको आग्रह



काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सहकारी अर्थतन्त्र बिना सबल अर्थतन्त्र निमार्ण हुन नसक्ने बताएका छन् । बुधबार अर्थबजार डटकमले आयोजना गरेको सहकारीको पुनरुत्थान लागि अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीसँग विकल्प छैन् किनभने सहकारी भनेको त्यस्तो क्षेत्र हो जुन भूगोलको हिसाबले दुर्गममा जान्छ, वर्गको हिसाबले अति गरिबमा जान्छ अरु कुनै त्यस्तो संस्था छैन् । सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन। यो हामीले बुझेका छौ । सरकारले बुझेको छ । सबै संस्थामा समस्या आएको होईन केही संस्थामा मात्र समस्या आएको हुनाले यी समस्यालाई समाधान गर्ने र आगामी दिनमा सहकारी अर्थतन्त्रलाई आम जनताको विश्वासमा लिएर सहकारी अर्थतन्त्रको माध्यमबाट मात्र सवल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिन्छ भन्ने अभियानमा हामी लागि पर्छौ ।’

त्यस्तै, उनले भने, ‘हामीले सहकारी क्षेत्रको समस्या समाधान गर्ने र यसलाई प्रगतीको बाटोमा लाने गरि दुईवटा बाटोमा हिड्नु पर्ने अवस्था छ यो अवस्थालाई सरकारले पनि अनुभूत गरेर सहकारी क्षेत्रमा देखेका समस्यालाई समाधान गर्ने प्रयत्नहरु जारी छ । ती प्रयासहरु कानूनी रुपमा, संस्थागत रुपमा र कारबाहीको रुपमा अगाडि बढेको छ । भन्दा डर लाग्छ ८ सयभन्दा बढि मान्छेहरु प्रहरीको हिरासतमा छन् र २६ सयभन्दा बढि मान्छे फरारमा हुनुहुन्छ । अवस्था भयाबह छ तर आत्तिहाल्नु पर्ने अवस्था पनि छैन् ।’

सहकारीमा सदस्यले जम्मा गरेको बचतको सुरक्षा पहिलो भएको भन्दै उनले सदस्यको बचतको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताए । त्यसका लागि नै कानुन संशोधन गरी संस्थागत प्रबन्ध गर्दै सरकार अगाडि बढेको सचिव पोखरेलले बताए ।

त्यस्तै उनले प्रतिफल नहुने क्षेत्रमा लगानी गरियो भने संस्था बचतकर्तसंगै ऋणी पनि अप्ठ्यारोमा पर्ने बताए । सहकारीले न्युनतम तरलताको व्यवस्थापन गर्दै सुरक्षित र आयमुलुक क्षेत्रमा मात्र ऋण लगानी गर्न उनले सुझाए । उनले भने, धितो मुल्याङ्कन राम्रो छैन, जथाभावि ऋण लगानी भएको छ, त्यसमा तपाई संस्थाका साथीहरु पनि मिल्नु भएको होला रु संस्थाको पूँजीलाई गलत ठाउँमा लगानी भयो । उदेश्य फरक राखेर काम गर्नेहरुको हकमा कानुनी उपचार हुन्छ ।’

उनले भने, ‘सहकारी भनेको ब्यक्तिगत भन्दापनि सामाजिक फाइदा खाने क्षेत्र हो । हाम्रो नीतिमा कमजोर भयो कि ! हामीले विश्लेषण गर्न सकेनौं कि । हामी काहाँ चुक्यौँ ? आचरण कानून पालनमा चुक्यौँ कि ? सहकारीका हामी काहा चुक्यौँ स्पष्ट हुन जरुरी छ । कानून कार्यान्वयन आचरण व्यवहार प्रष्ट हुनुपर्छ ।’

प्रकाशित : २८ चैत्र २०८१, शुक्रबार १४:३७