काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यस वर्षको सहकारी पत्रकारिता पुरस्कार नेपालपत्र न्युज डटकमका सम्पादक माधब खड्कालाई प्रदान गर्ने भएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा महासंघले यस बर्षको सहकारी पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई दिने घोषणा गरेको हो ।
सम्पादक खड्काले एक दशक भन्दा बढी लामो समयदेखि सहकारी क्षेत्रको विषयमा कलम चलाउँदै आएका छन् । सम्पादक खड्का नेफ्स्कून, बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कून ,ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लगायतका विभिन्न संघ संस्थाबाट यस अघि नै पुरस्कृत भई सकेका छन् । हिजो घोषणा गरिएको पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गर्ने महासंघले जनाएको छ ।
महासंघका उपाध्यक्ष एवं पुरस्कार छनोट उप समितिका सयोजक डि.बी बस्नेतले पुरस्कृत हुने व्यक्ति तथा संघ संस्थाको नाम घोषणा गरेका थिए ।
Comment