काठमाडौं । भक्तपुर जिल्लाका चारवटै नगरमा एकै समयमा चैत्र २० मा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ। नगर प्रमुखहरुको प्रमुख अतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित दिवस मनाइएको छ । संघको नगर सहकारी समन्वय उपसमिति समतेको समन्वयमा मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाहरुको आयोजनामा प्रभातफेरी सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जनताले सहकारीलाई अपनत्व ग्रहण गरी समाज समुदायको विकासमा टेवा पुर्याएको बताए । उनले केही सहकारीमा आएको समस्याले सहकारी क्षेत्रलाई बदनाम गरेको बताए।
सहकारीमा भ्रष्टाचार विरोधी आन्दोलन शुरु गर्ने भक्तपुर जिल्ला रहेको बताउदैं उनले तुलनात्मक रुपमा भक्तपुरको सहकारी राम्रो भएपनि केही सहकारीमा समस्या रहेकोले निरन्तर अनुगमन गर्दै आएको बताए ।
उनले भने, उदाहरणीय हुनको लागि शिक्षा, स्वास्थ्य, कला सँस्कृती मात्र राम्रो भएर हुर्दैन, समग्र सबै क्षेत्र उदाहरणीय हुुन आवश्यक रहेकोले सहकारी क्षेत्र पनि उदाहरणीय हुनुपर्ने बताए । उनले सहकारीसमेतको सहयोगले भक्तपुरमा अक्सिन प्लान स्थापना भएको स्मरण गर्दै भक्तपुर नगरपालिकाले निःशुल्क अक्सिजन र रगत उपलब्ध गराईरहेको बताए ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको बताउदै यस बर्ष ६७ औं राष्ट्रिय सहकारी दिवस “सहकारीमा सुशासनः प्रविधि र एकीकरण“ भन्ने नाराका साथ मनाइएको बताए ।
सहकारी सुशासनमा संचालनको प्रत्यभुती तथा प्रतिवद्ध गराई सहकारी प्रविधिका आधारमा संचालनमा जोड दिनुपर्ने उनको भनाई थियो । संघले स्वभाभिक एकिकरणलाई समर्थन गर्दै आएको तर फोर्स मर्जले सहकारीको मर्म मर्ने भएकोले उक्त पक्षमा संघ नरहेको बताए ।
संघका सचिव एवं नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले सहकारी अभियान र नियमन निकाय फरक भएकोले सहकारी अभियानले गर्नुपर्ने काम अभियानबाट नै गर्न÷गराउन नियमन निकायले साथ सहयोग गर्नुपर्ने बताए ।
उनले नियमक निकायले सहकारीमा ठग्नेलाई नियमन अनुसार कार्वाही गरी सदस्यको बचत रकम सुरक्षित गर्नुपर्ने बताए । समाज विकासमा सहकारीले खेलेको भुमिकाको चर्चा गर्दै उनले हालको सहकारी समस्या समाधान गर्न नियमन निकाय गम्भिर भएर लाग्नुपर्ने बताए । प्रभातफेरी कार्यक्रममा ७१ वटा संस्थाहरुबाट २ हजार जना भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।
Comment