झिनो अंकले उकालाे लाग्याे नेप्से परिसूचक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

झिनो अंकले उकालाे लाग्याे नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। आज बजार २.८१ अंकले बढेर २७०२.८६ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी आज कारोबार रकम पनि बढेको छ । आज कूल एक करोड ५५ लाख २ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज ९३ वटा कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने १५१ वटा कम्पनीको मूल्य घटेको छ।

त्यसैगरी, आज ग्रीन भेन्चर्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ। सो कम्पनीको मात्र ७२ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रकाशित : २० चैत्र २०८१, बिहीबार १६:००