०.३२ अंकले बढ्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

०.३२ अंकले बढ्यो नेप्से



काठमाडौँ १४ बैशाख । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ० दशमलव ३२ अंकले बढेको छ ।बिहिबार बैकिड. र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । बिहिबार इन्स्योरेन्स र होटल समुहले बजार बडाए । बिहिबार इन्स्योरेन्स समुह ६९ दशमलव ८ अंकले उकालो लागेको छ । होटल समुह ६६ दशमलव ५३ अंकले , जलविघुत समुह १४ दशमलव ७६ अंकले, फाईनान्स समुह ६ दशमलव २८ अंकले, विकास बैक ६ दशमलव ०५ अंकले उकालो लागेका छन । आज उतपादनमुलक समुह भने स्थिर रहेको छ । विहिबार बैँकिड. समुह ५ दशमलव ७९ अंकले र अन्य समुह भने ४ दशमलव ९१ अंकले ओरालो लागेको छ ।
बिहिबार कारोबारमा आएका १४३ कम्पनी बाट १४ लाख ५१ हजार ५ सय २० कित्ता शेयरबाट १ अर्ब १० करोड ४३ लाख २ हजार २ सय १८ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार ०९:५७