एनसीसीको विशेष साधारण सभा रोकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसीसीको विशेष साधारण सभा रोकियो



काठमाडौं, १४ बैशाख । नेपाल क्रेडिट एन्ड कमर्स बैंकको विशेष साधारण सभा रोकिएको छ । बैंकले बिहीबार नेप्सेमा सूचना पठाउँदै शुक्रबार हुन लागेको विशेष साधारण सभा रोकिएको उल्लेख गरेको छ । नियमित साधारण सभा नगरी ५० प्रतिशत हकप्रद सेयर जारी गर्न भन्दै विशेष साधारण सभा बोलाएपछि कम्पनी रजिष्ट्रारको कार्यालयले एनसीसी बैंकको विशेष साधारण सभा रोकी तत्काल नियमित साधारण सभा बोलाउन निर्देशन दिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको निर्देशनपछि एनसीसीले विशेष साधारण सभा रोकेको छ ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार ०७:०३