काठमाडौं १४ बैशाख । स्थानिय तहको चुनाव नजिकदै गर्दा काठमाडौं महानगरपालिका र विभिन्न नगरपालिकाहरुमा मेयरमा उम्मेदवारी दिन आकांक्षा देखाउनेहरुमा विभिन्न क्षेत्रका व्यक्तीहरुको अाकाँक्षा वढ्दै गएको छ ।
बिशेष गरि सहकारी क्षेत्रमा अाफ्नो बेग्लै पहिचान बनाउन सफल भएका सहकारीकर्मी केदार मानन्धर नागार्जुन नगरपालिकाको मेयरमा उम्मेदवारी दिने तायारीमा लागेका छन् । नेपाली काँग्रेश पार्टीका नगर इकाई सभापति केदार मानन्धर नगरका धेरै वडाबाट मानन्धरको नाम सिफारस गरिएको छ ।
तर,महाधिवेशन प्रतिनिधि मोहन बस्नेत र शिक्षक संघ जिल्ला अध्यक्ष सुन्दर पन्तबीच कडा प्रतिष्पर्धा छ। ‘लामो समय देखि राजनितिमा होमिएसंगै केहि समय यसलाई थाती राख्दै विभिन्न हिसाबले यस नागार्जुन क्षेत्रको विकासका लागि जुट्दै अाएको छु – मानन्धरले भने । ‘केही समय सरकारी जागिर खाएर स्वास्थ्य क्षेत्रमा पनि काम गरे तर, सधै नयाँ केही गर्छु भन्ने हिसाबले यस क्षेत्रको विकासमा लागेको छु’ । नागार्जुन नगरपालिका मेयरका आकांक्षी रहेका सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धरले नेताले टिकट दिए जनताले मत दिनेमा आफू ढुक्क रहेको बताए ।
असल शासन र विकास निर्माणमा उच्च प्राथमिकता दिएर काम गर्ने उनले सुनाए । भ्रष्टाचार नियन्त्रण मात्र होइन निर्मूल पार्ने गरी काम गर्ने मानन्धरको भनाई छ । स्थानीयवासीको स्वास्थ्य, सुरक्षा र शिक्षामा काम गर्ने योजना रहेको बताए । साथै सहकारीले कर्जा परियोजना सञ्चालनका लागि व्यवस्था गर्ने उनको सोच छ । ‘यदि टिकट पाए र चुनाव जिते भने मास्टर प्लान बनाएर काम गर्ने छु’ उनले भने ।
काठमाडाैकै रैथाने भए पनि अरु भन्दा फरक गर्नै पर्ने अाफ्नो व्यक्तीगत मान्यताका कारण पनि मेयर पदमा अाफुले दाबी गरेको मानन्धरले बताए । नागार्जुन धार्मिक र पर्यटकिय हिसाबले महत्वपर्ण छ, यसको विकास र प्रवद्धनको लागि बिशेष योजना बनाएर दाबेदारी प्रस्तुत गरेको उनको दाबी छ ।
६७ हजार जनसंख्या रहेको यो नगरमा १० वटा वडा छन्। काँग्नेशबाट गरमा जिल्ला सदस्य राजेन्द्र भट्टराई लगायत १० जनाको नाम विभिन्न वडाबाट सिफारिस भएका छन्। तर नागार्जुन नगरपालिकाको उपमेयरमा भने रिता दवाडीको नाम अग्रस्थानमा छ। महिला संघ जिल्ला सदस्य, पार्टी महाधिवेशन प्रतिनिधिसमेत रहेकी दवाडीलाई क्षेत्रीय सचिव बन्दना थापाले टक्कर दिएकी छन्। यो नगरबाट अनुपा श्रेष्ठ, तुलसा खड्का, सरस्वती भट्ट लगायतका नाम फरक/फरक वडाबाट सिफारिस भएका छन्।
यस्तै नागार्जुन नगरपालिकाको मेयर पदमा एमालेका जिल्ला कमिटी सदस्य तथा नागार्जुन नगर सर्वदलीय संयन्त्रका सदस्य समेत रहेका प्रकाश श्रेष्ठ एकल उमेद्वारका रुपमा देखा परेका छन्। काठमाडौँ बचत तथा ऋण सहकारी संघ (कास्कुन ) का उपाध्यक्ष समेत रहेका श्रेष्ठ नागार्जुन नगरपालिका ०३ (साबिक इचंगु नारायण )१ -का स्थाई बासी हुन । यस्तै यसैगरी काठमाडौंकै नागार्जुन नगरपालिकाको मेयरमा कुमार तामाङ र उपमेयरमा देवकी पौडेललाई उम्मेदवार बनाइएको छ ।
Comment