पोखरामा पहिलोपटक चैत १४ देखि नाडा प्रेजेन्ट्स् अटो शो हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

पोखरामा पहिलोपटक चैत १४ देखि नाडा प्रेजेन्ट्स् अटो शो हुँदै



पोखरा। पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ हुने भएको छ । आयोजक पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन (वाडा) ले आज पत्रकार सम्मेलनमार्फत अमरसिंह माविको मैदानमा अटो शो हुने जनाएको हो

सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचि बढिरहेको अवस्थामा पर्यटनको राजधानी पोखरामा पहिलो पटक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा बृहत् अटो प्रदर्शनी गर्न लागेको वाडा अध्यक्ष दीपेन्द्र कोइरालाले बताए । अटो शोको प्रवद्र्धकमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा र अमरसिंह मा।वि। सहयोगी संस्थाका रुपमा रहेका छन् । ‘यो प्रदर्शनी प्रदेशकै ठूलो इभेन्ट्स् हुने विश्वास लिएका छौ’, उनले भने ।

नविनतम् सवारी साधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकहरूको एकै थलोमा प्रदर्शन हुनेछ । साथै स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ । प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका समाधानका विकल्पहरु खोज्ने साझा थलो बत्रे वाडा उपाध्यक्ष एवं अटो शोका संयोजक निरन केसीले बताए ।

सवारी साधनविना विकासका कार्यक्रम कल्पना पनि गर्न नसकिने भन्दै उनले सर्वसाधारणको दैनिक जीवनलाई सहज एवं चलायमान बनाउनको लागि पनि सवारी साधन अत्यावश्यक वस्तुको रुपमा स्थापित भैसकेको बताए । यस सन्दर्भमा प्रदर्शनीले बजारको मागलाई चित्रण गर्दै सवारी साधनको अपरिहार्यता बारे समस्टिगत धारणा बनाउन तथा त्यस अनुरूप नितिगत अग्रसरताका लागि पनि सहयोग पुग्ने उनको भनाई छ ।

प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् । साथै प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् भने पोखरा लायन्स क्लबको सहयोगमा चैत्र १५ प्रदर्शनी परिसर भित्र रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ । गण्डकी प्रदेशमा पहिलो पल्ट हुन गइरहेको प्रदर्शनीमा टोयोटा, ओमोडा, अथर, बजाज, बिड, सिट्रन, डिपल, डोङ फेङ, हाइजर, हुन्डाई, इसुजु, जेको, काइयाई, कामा, किया, लिप मोटर्स, लेभ, महिन्द्रा, एमजी, नामी, न्यू गोनो, निसान, रिद्दारा जेकर, एक्सपेङ, रोयलइन्फेल्ड, स्काइवेल, स्काइवर्थ, सुजुकी, टाटा, ट्रिम, टिभीयस, यामाहा जस्ता ब्राण्डहरूका सवारी साधनहरुको सहभागिता रहने छ । इभी बाहुल्यता रहेको प्रदर्शनीमा ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएका छ । साथै बैंक, बिमालगायतको सुविधा पनि उपलब्ध हुनेछ ।

प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रा।लि।, अफिसियल इन्सुरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स ९सलिको० रहेका छन् । ट्राभल पार्टनरमा स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस, इन्सुरेन्स पार्टनरमा नेपाल इन्सुरेन्स लि। रहेका छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज ९जेम्स० ले गरिरहेको छ ।

प्रदर्शनीको प्रचारका लागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन, गण्डकी प्रदेश अटोमोबाइल संघ, एनवाईइएफ पोखरा र जोन्ता क्लब अफ पोखराको संयुक्त आयोजनामा चैत्र ९ गते शनिवार विहान ८ बजे पोखरा रंगशालाबाट शुरु भई अमरसिंह र्मैदानमा सम्पन्न हुने गरी मोटर ¥याली पनि आयोजना गर्न लागिएको छ । बन्दिपुर केवुलकार एण्ड टुरिजम लि।ले डोर प्राइज स्पन्सर अन्तर्गत ३०० वटा केबुलकार टिकट उपलब्ध गराउने भएको छ । प्रदर्शनी अवलोकन गर्न आउनेको टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने अटो शोलाई ३५ हजारले अवलोकन गर्ने आयोजकको भनाई छ ।

प्रकाशित : ६ चैत्र २०८१, बिहीबार १४:१९