लक्ष्मी इक्विटी फन्ड, १० करोड इकाई म्युचुअल फन्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी इक्विटी फन्ड, १० करोड इकाई म्युचुअल फन्ड



बैशाख १२,काठमाडौं । लक्ष्मी म्युचुअल फन्डले वैशाख २२ गतेदेखि लक्ष्मी इक्विटी फन्ड नाममा १० करोड इकाई म्युचुअल फन्ड बिक्री गर्ने भएको छ । यो म्युचुअल फन्ड १ अर्ब रुपैयाँको हुनेछ । कुल निष्कासन हुने इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई छुट्याइएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिकरुपमा सर्वसाधारणलाई बिक्री खुला गरिनेछ । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य हुने यस म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाइनेछ ।
यो इक्विटी फन्डको कोष प्रवद्र्धक लक्ष्मी बैंक हो भने बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्दैछ । यस इक्विटी फन्डको इकाई निष्कासन वैशाख २६ मा बन्द हुनेछ । यसअवधिमा आवश्यकता अनुसार आवेदन नपरेमा चाहिँ जेठ ५ सम्म पनि भर्न पाइनेछ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौमा गएर आवेदन दिन सकिनेछ । त्यसैगरी, लक्ष्मी बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौं तथा सम्पूर्ण शाखा कार्यालयबाट पनि निवेदन फारम बुझाउन पाइनेछ । आस्वाबाट पनि यसमा आवेदन दिन सकिनेछ ।

प्रकाशित : १२ बैशाख २०७४, मंगलवार १०:५६