नेप्से ३.४अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ३.४अंकले ओरालो लाग्यो



काठमाडौँ, १२ बैशाख । मंगलबार नेप्से ३ दशमलव ४ अंकले ओरालो लागेर बन्द भएको छ । १६ सय ७५ मा खुलेको नेप्से १६ सय ७१ मा पुगेर बन्द भएको छ । मंगलबार बैकिड., जलविघुत र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमएको छ । मंगलबार इन्स्योरेन्स समुह ५१ दशमलव ७३ अंकले बढेको छ । मंगलबार होटल समुह २१ दशमलव ७१ अंकले, फाईनान्स समुह ३ दशमलव ०१ अंकले, टेडिड. समुह २ दशमलव १ अंकले, विकास बैँक समुह ० दशमलव ४६ अंकले र उतपादनमुलक समुह ० दशमलव ३७ अंकले उकालो लागेको छ । मंगलबार जलविघुत समुह ८ दशमलव ५२ अंकले, बैकिड. समुह ८ दशमलव ४२ अंकले र अन्य समुह १ दशमलव ७४ अंकले ओरालो लागेका छन् ।

मंगलबार कारोबारमा आएका १४७ कम्पनीको १४ लाख १५ हजार ८ सय ५९ कित्ता शेयर बाट १ अर्ब १३ करोड ५१ लाख ८५ हजार २ सय ९९ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १२ बैशाख २०७४, मंगलवार ०९:५७