सिटिजन्स बैंक इन्टरनेसनलमा आस्बाको शुल्क रु २५ मात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंक इन्टरनेसनलमा आस्बाको शुल्क रु २५ मात्र



बैशाख १२ काठमाडौँ । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले आस्बा (Application Supported by Blocked Amount ) सेव प्रयोगवापत प्रति दरखास्त रु. २५ मात्र शुल्क लाग्ने ा जानकारी गराएको छ । आस्बा सुविधा अन्तर्गत लगानीकर्ताले धितोपत्र खरिद गर्न चाहेको रकम निजहरुको बैंकमा भएको चल्ती, बचत वा कल खाता (Current, Saving or Call Account) मा रोक्का राखि सोको निस्सा सम्बन्धित लगानीकर्तालाई उपलव्ध गराइने र धितोपत्रको बाँडफाँड पश्चात लगानीकर्ताको भागमा परेको रकम बराबरमात्र उक्त खातामा खर्च (Debit) गरिने हुँदा दरखास्त फारम बुझाउन र आफ्नो रकम फिर्ता पाउन लाइन बस्ने समय अन्य कार्यमा सदुपयोग गर्न सकिने र व्याज निरन्तर रुपमा पाइने छ ।
बैंकका ५८ वटै शाखाहरुबाट दरखास्त लिने व्यवस्थासहित खाता नभएका लगानीकर्ताहरुलाई पनि सरलता पूर्वक खाता खोल्ने व्यवस्था बैकले गरेको छ ।

प्रकाशित : १२ बैशाख २०७४, मंगलवार ०७:५६