सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं। फागुन २० गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको हो भने चाँदी २५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार, यस्तो सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

प्रकाशित : २० फाल्गुन २०८१, मंगलवार ११:००