काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले २/४ पैसा कमाउने व्यवसायीलाई चोर फटाहा देख्ने समाजवादी सोचका कारण नेपाल धेरै पछि परेको बताएका छन् । साेमबार इप्पानसंगकाे भेटमा उनले देश समाजवादको नाराले बिग्रेको बताएका हुन्।
उनले नेपालको विकास नहुनुको कारण नै समाजवादको नारा भएको टिप्पणी गर्दै कुनै व्यपारीले २/४ पैसा कमाउने बित्तिकै उसलाई चोर फटाहा देख्ने अवस्थाको सिर्जना हुनु दुर्भाग्य भएको बताए ।
‘देश विग्रेको समाजवादको नाराले हो, राज्य करले र व्यवसायी नाफाले चल्छ । नाफा भएन भने कर आउँदैन । २/४ पैसा कमाउने व्यवसायीलाई चोर फटाहा देख्ने समाजवादी सोचका कारण नेपाल धेरै पछि परेको हो ।’ घिमिरेले भने ।
आफू विकासका सम्पूर्ण ढोकाहरु खोल्नुपर्छ भन्ने मानसिक्ता भएको सांसद भएकोले इप्पानले उठाएका सबै विषयमा संसदमा आवाज उठाउने पनि उनले बताए ।
Comment