काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा आयात र निर्यात दुबै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनाको अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरको वस्तु आयात गरिएको छ ।
गत आर्थिक वर्षको तुलनामा ७.०६ प्रतिशतले बढिले हो । गत आर्थिक बर्ष ७ खर्ब ६८ अर्ब १६ करोड बराबरको वस्तु निर्यात गरिएको थियो ।
आयातसँगै निर्यात पनि बढेको छ । विभागको विवरण अनुसार चालु आवको ६ महिनासम्ममा ९८ अर्ब ७८ करोड रुपैयाँको बस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा ३१.७८ प्रतिशतले निर्यात बढेको हो । गत वर्षको सोहि अवधिमा ७४ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
यो अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड रहेको थियो ।
Comment