काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् । किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज किर्तीपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरि कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराएका हुन् ।
‘अहिले पनि धेरै परिवार कृषिमा लागेका छन तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक वनाउन आवश्यक छ’ मन्त्री अधिकारीले भने । बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी रहेको उनले बताए ।
उनले भने, ‘कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भैरहेको छ , तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याई रहने अवस्था आउनु हुँदैन, अब विषादी न्यूनीकरण गर्नेतर्फ पनि सबैको प्रयास जरुरी छ ।’
Comment