काठमाडौं । विदेशमा जाने नेपाली कामदाहरूलाई लक्षित गर्दै अनमिलिटेड रेमिटले रेमिट्यान्स पठाउन मिल्ने सजिलो प्लेटफर्म ज्यापको विकास गरेको छ । वित्तीय क्षेत्रको डिजिटल रूपान्तरण गर्ने र वित्तीय समावेशीतामा जोड दिने उद्देश्यले अनलिमिटेड रेमिटले ज्याप विकास गरेको हो ।
प्रविधि विकास मात्रै नगरेर कम्पनीले विदेशमा जाने कामदारको सञ्चार सुविधामा समेत काम गर्न थालेको छ । यसका लागि पहिलो चरणमा युएईबाट काम सुरू भएको छ ।
पहिलो चरणमा अनलिमिटेड रेमिटले यूएईतर्फ जाने नेपाली प्रवासी कामदारहरूका लागि पायोनियर ओभरसीज र युएईको सेलुलर सेवा प्रदायक भर्जिन मोबाइलसँग सहकार्य गरेको छ ।
नेपालबाट प्रस्थान गर्ने प्रत्येक कामदारलाई सस्तो दरमा भर्जिल मोबाइल सिम कार्डबाट वा ई(सिम प्रदान गरिने छ, जसले उनीहरूलाई यूएईमा पुगेको क्षणदेखि नै आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सक्ने छन् ।
यसका अतिरिक्त, ज्यापमार्फत घरमा रेमिट्यान्स पठाउँदा थप निःशुल्क डाटाको सुविधा पनि प्राप्त हुनेछ । साथै विदेश जाने कामदारहरूलाई डिजिटल र वित्तीय साक्षरता सीप समेत सिकाउने गरिएको छ ।
युएईएमा ५ हजार दिरामभन्दा कम आय गर्ने कामदारले बैंक खाता खोल्न पाउँदैनन् । यो ग्यापलाई ज्यापले पञरा गर्न खोजिरहेको छ ।
ज्यापले नेपालबाट प्रस्थान गर्नु अघि नै कामदारलाई बैंक खाता उपलब्ध गराउँ छ । यसले तलब सुरक्षित रूपमा जम्मा गर्न र केही ट्यापमै फोनबाट सजिलै पैसा घरमा पठाउन सकिन्छ ।
ज्यापको यो पहलले सञ्चार र वित्तीय बाधाहरू समाधान गर्दै कामदारहरूलाई वित्तीय समावेशीकरण प्रवर्द्धन गरिरहेको जनाएको छ।
Comment