कृषि विकास बैंकमा खुल्यो जागिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

कृषि विकास बैंकमा खुल्यो जागिर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। कृषि विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले एक सूचना जारी गर्दै करार सेवामा सुरक्षा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

यो पद वरिष्ठ शाखा प्रमुख सरह हुने बैंकले जनाएको छ । जम्मा १ जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको यो पदका लागि नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी (प्राविधिक बाहेक) को राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको पदबाट अयोग्य नठहरिने गरी नोकरी छाडेको वा निवृत्तिभरणमा अवकाश भएको हुनु पर्नेछ ।

यस्तै, शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहेको र मान्यता प्राप्त विश्वविद्यालयवाट स्नातक वा सो सरहको परीक्षा उर्तिण गरेको हुनु पर्नेछ ।

आवेदकको उमेर ३५ वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । तलबसुविधा बैंकले तोकेबमोजिम हुनेछ । इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

प्रकाशित : २३ पुस २०८१, मंगलबार १२:१७ 7 January, 2025 12:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।