सामसङ नेपालले सार्वजनिक गर्यो ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मेसिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

सामसङ नेपालले सार्वजनिक गर्यो ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मेसिन



काठमाडौं । सामसङले नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मेसिन सार्वजनिक गरेको छ । सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।

स्मार्टथिंगस्एपद्वारा स्मार्टफोन मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसका साथै धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउँछ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।

यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६००एमएममा राखेर कुनैपनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।

१२केजी लाइन–अप दुइवटा फरक मोडलमा उपलब्ध छ, डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM। यी दुवै मोडलको मूल्य क्रमशः रु १ लाख १४ हजार ९९० र रु १ लाख २० हजार ९९० रहेको छ ।

यस वाशिंग मेसिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्यभर उपलब्ध गराइएको छ ।

प्रकाशित : २१ पुष २०८१, आईतवार १८:४०