सुख्खा याममा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुख्खा याममा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको बताएका छन् । शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्दै उनले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताएका हुन् ।

उनले भने, ‘हिजोको अवस्थाबाट हामी आजको अवस्थामा आइपुगेका छौं। पहिला लोडसेडिङको अवस्था थियो । अहिले हामी यो बाट निकै अगाडि बढिसकेका छौं । हरेक गाउँगाउँमा विद्युत पुगिसकेको अवस्था छ । केही विकट ठाउँहरुमा पुग्न बाँकी छ ।’

यसैगरी उनले अहिले उत्पादित भइरहेको विजुली करिव करिव ३५ सय मेगावाटको हाराहारीमा रहेको बताए । उनले ३५ सय मेगावाटको हाराहारीमा विजुली हुँदा पनि ड्राइ सिजनमा नपुग्ने अवस्था रहेको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुशीलबाबु ढकालले भौतिक पूर्वाधारका कामहरु गर्न बजेटको अभाव रहेको बताए । उनले डायस्पोराका नेपालीहरुले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

नेपाल सरकारका सहसचिव कुबेर नेपालीले विद्युतीय सवारी साधनका कारण प्रदूषण घटेको र सार्वजनिक यातायात व्यवस्थित हुँदै गएको बताए । त्यस्तै जलवायू परिवर्तन र बसाइँ सराइ विषयको प्यानल डिस्कसनमा विज्ञ अमिना महर्जन, पत्रकार कुन्द दिक्षित, विज्ञ डा. गणेश गुरुङ, वातावरण मन्त्रालयका नरेश शर्माले जलवायू परिवर्तनको जोखिमबारे आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : १३ पुष २०८१, शनिबार १५:५२