कैलाश विकास बैंकबाट लामिछाने बाहिरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कैलाश विकास बैंकबाट लामिछाने बाहिरिए



काठमाडाै  ५ बैशाख । कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कृष्णराज लामिछाने बाहिरिएका छन् । दुई कार्यकाल पुरा भएपछि लामिछानेले सिइओ पदबाट राजिनामा दिएका हुन् ।

श्रेष्ठलाई सीइओ नियुक्ति

यस्तै बैंकको सञ्चालक समितिको बैठकले जेठ १४ गतेदेखि लागू हुनेगरी बैंकर अमृतचरण श्रेष्ठलाई सीइओ नियुक्ति गरेको छ । यसअघि श्रेष्ठ एनसीसी बैंकको सीइओ थिए । नवनियुक्त सीइओ श्रेष्ठसँग ३० वर्ष बैंकिङ गरेको अनुभव छ । एनसीसी बैंक अघि उनी नविल बैंकका निमित्त सीइओ थिए ।

त्यसैगरी, सञ्चालक समितिको बैठक ले सञ्चालक नारायणप्रसाद पौडेललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । अध्यक्षको दुई कार्यकाल बस्न नमिल्ने आदेशपछि सिइओ लामिछानेले राजिनामा दिएका हुन् ।

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार ०८:०९