काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिदन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
कुल ८८ मतमा ढकालले ४५ र तिमिल्सिनाले ४३ मत पाएका छन् । यसैगरी, उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, काेषाध्यक्षमा मदन पाैडेल र सचिवमा बिनय पाैडेल निर्वािचित भएका छन् ।
यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
ढकाल हिमालयन ब्राेकेजका अध्यक्ष समेत हुन्। एसाेसिएसनकाे ३० आै बार्षिक साधारण सभाबाट ढकाल निर्वाचित भएका हुन् ।
Comment