सामाजिक सुरक्षा कोषबाट प्रवाह हुने सुविधाको दायरा विस्तार,अब छोराछोरीले पनि स्वास्थ्य सुविधा पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सामाजिक सुरक्षा कोषबाट प्रवाह हुने सुविधाको दायरा विस्तार,अब छोराछोरीले पनि स्वास्थ्य सुविधा पाउने



काठमाडौँ । सामाजिक सुरक्षा कोषबाट प्रवाह हुने सुविधाको दायरा विस्तार भएको छ । कोषबाट अहिलेसम्म श्रीमान वा श्रीमतीले मात्रै स्वास्थ्य उपचार सुविधा पाउने गरेकोमा अब विस्तार भएर छोराछोरीले पनि पाउने भएका हुन् ।


प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे। उनले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने जनाए।


कार्यक्रममा कोषअन्तर्गत बढी योगदानदाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान गरिएको थियो ।
तत्कालीन प्रधानमन्त्री ओलीको पालामा २०७५ सालमा यो कार्यक्रम अभियानका रूपमा  सुरु भएको थियो ।

प्रकाशित : ११ मंसिर २०८१, मंगलवार १६:२५