प्रभु केबुलकारले सर्वसाधारणका लागि ३० करोडको आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु केबुलकारले सर्वसाधारणका लागि ३० करोडको आइपीओ निष्कासन गर्ने



काठमाडौँ । प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

केबुलकारको ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा केबुलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

प्रभु केबुलकारको लगानीमा तीन वटा केबुलकार परियोजनाहरु अगाडि बढेका छन् । जसमध्ये बुटवलमा ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबुलकार परियोजना गत असोजदेखि व्यवसायिक सञ्चालनमा आइसकेको छ ।

प्रकाशित : ३ मंसिर २०८१, सोमबार १४:२७