आइएमई लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशत वृद्धि, जीवन बीमा कोष १० अर्बमाथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशत वृद्धि, जीवन बीमा कोष १० अर्बमाथि



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११ दशमलव २२ प्रतिशत वृद्धि भएको छ।

गत आवमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १४ करोड ५० लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको आम्दानी बढेसँगै नाफामा यसको सकारात्मक प्रभाव देखिएको हो। गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ३६ करोड रहेकोमा चालू आवमा बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ।

गत आवको पहिलो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १० अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको यसै समयमा कम्पनीको जीवन बीमा कोष ४२ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो।

प्रकाशित : २९ कार्तिक २०८१, बिहीबार १५:११