युनाइटेड अजोडका सीईओ श्रवण रावलको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

युनाइटेड अजोडका सीईओ श्रवण रावलको निधन



काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । बुधबार दिनभर कार्यलयको जिम्मेवारी समालेका रावललाई राती हृदयघाट भएको थियो ।

सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनी मुटुमा एक्कासी समस्या भएपछि उनलाई नागरिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनको ६१ वर्षको उमेरमा निधन भएको हो । रावलको परिवारमा श्रीमति, एक छोरा र छोरी छन् ।

छोरा अस्ट्रेलियामा रहेको र उनी फर्किएपछि मात्र अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको शवलाई पशुपति क्षेत्रको चिस्यान केन्द्रमा राखिएको छ ।

निर्जीवन बीमा कम्पनीमा दुइ दशकभन्दा लामो अनुभव भएका रावलले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए ।

प्रकाशित : ८ कार्तिक २०८१, बिहीबार ०७:२२