बलेफीको शतप्रतिशत हकप्रद शेयर स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बलेफीको शतप्रतिशत हकप्रद शेयर स्वीकृत



काठमाडाैं । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर स्वीकृत गरेको छ। बोर्डले कार्तिक ४ गते कम्पनीको हकप्रद शेयर स्वीकृत गरेको हो।

बोर्डले कम्पनीलाई १ बराबर १ को अनुपातमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद निस्कासन गर्न अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले हकप्रद निस्कासन गर्ने प्रकृया अघि बढाउने भएको छ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार १५:४६