नेपालमा बिवाइडीको यात्राः २ बर्षमा मात्रै नेपालमा ३ हजार बढी युनिट एट्टो थ्रि कार विक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नेपालमा बिवाइडीको यात्राः २ बर्षमा मात्रै नेपालमा ३ हजार बढी युनिट एट्टो थ्रि कार विक्री



काठमाडौं । नेपालमा छोटो समयमै चिनियाँ ब्राण्ड बिवाइडीका विद्युतीय कारहरु उच्च विक्री भएपछि बिवाइडी ग्लोबलले नेपाललाई मुख्य बजारका रुपमा हेरेको बताएको छ ।

बिवाइडी ग्लोबलले पछिल्लो २ बर्षमा मात्रै नेपालमा ३ हजार बढी युनिट एट्टो थ्रि कार विक्री भएको बताएको छ । खासगरी बिवाइडीको एट्टो थ्रि मोडलका कारहरु नेपालमा उच्च विक्री भएपछि कम्पनीले अघिल्लो महिना मात्रै एट्टो थ्रिलाई केहि अपग्रेडसहित नेपाली बजारमा सार्वजनिक गरेको थियो । यति मात्रै होइन बिवाइडीको एट्टो थ्रि नेपाली बजारमा सबैभन्दा बढी विक्री हुने विद्युतीय कार पनि भएको कम्पनीले जानकारी दिएको छ ।

यसैको नयाँ अपग्रेडसहितको कारले नेपाली बजारमा थप नयाँ उचाई लिने कम्पनीको विश्वास रहेको छ । नेपालमा बिवाइडीको आधिकारिक वितरकको रुपमा रहेको साइमेक्स इंकले नेपाली बजारमा बिवाइडीको वितरणमा उल्लेख्य खुड्कीलो हाँसिल गरेको बताउँदै बिवाइडी ग्लोबलले नेपालमा बिवाइडीको यात्रा जारी रहने घोषणासमेत गरेको छ ।

नेपालमा बिवाडी एट्टो थ्रिको नयाँ भर्जन अघिल्लो महिना मात्रै सार्वजनिक गरिएको थियो । जसमा पुरानोको तुलनामा इन्फोटेनमेन्टमा २ इन्च ठुलो डिस्प्ले, थप कलर विकल्प, यसअघि रहेको बेज बिल्ड योर ड्रिमको सट्टा बिवाइडी मात्रै राखेर सार्वजनिक गरिएको थियो । यस्तै बिवाइडीले नेपालमा यसका लागि एप पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार १६:३६