इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनका लागी नयाँ प्लेटफर्म विकास गर्दै होन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनका लागी नयाँ प्लेटफर्म विकास गर्दै होन्डा



होन्डाले आफ्नो भविष्यका साना र मध्यम आकारका मोडेलहरूका लागि नयाँ विश्वव्यापी प्लेटफर्म विकास गरिरहेको छ । पीएफ२ नामले आउने उक्त आर्किटेक्चरमा नेक्स्ट–जेन सिटी समेत उत्पादन हुने जनाइएको छ । विशेषत इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनका लागि भनेर विकास गरिएको सो प्लेटफर्मलाई सेयर गरी होन्डाले थप कम्वसन मोडल समेत ल्याउने योजना बनाएको हो ।

सो नयाँ प्लेटफर्ममा आधारित ७ सिटर एसयूभी सबैभन्दा पहिले आउने अनुमान गरिएको छ । जुन हालको एलिभेट भन्दा ठूलो हुनेछ । नयाँ एसयूभी २०२७ सम्ममा आइसक्ने होन्डाले जनाएको छ । एसयुभीपछि नेक्स्ट जेन सिटी सन् २०२८ मा आउने कम्पनी भनाई छ । जुन हाइब्रिड पावरटे«मा समेत उपलब्ध हुनेछ ।

मिडिया रिपोर्टका अनुसार, होन्डाले २०२९ को सुरुवातमा नयाँ कम्प्याक्ट एसयूभी रोल आउट गर्ने योजना बनाएको छ । यो सब–फोर मिटर एसयूभी नयाँ प्लेटफर्म पीएफ२ मा आधारित रहनेछ । सोही वर्ष नै नयाँ प्योर इलेक्ट्रिक मोडल समेत लन्च हुने अनुमान गरिएको छ ।

नयाँ पीएफ२ प्लेटफर्म भारत स्पेसल हुने रिपोर्टमा उल्लेख गरिएको छ । यो प्लेटफर्म प्रयोग गरी उत्पादन गरिएका कारलाई होन्डाले भारतबाट अन्य देशमा निर्यात गर्ने योजना बनाएको छ । हाइब्रिडको बढ्दो लोकप्रियतासँगै कार निर्माताले आफ्नो हाइब्रिड पावरट्रेनलाई स्थानीयकरण गर्न खोजिरहेको बताइएको छ ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलवार १३:४३