एनआईएमबीलाई ‘एक्सेलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईएमबीलाई ‘एक्सेलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ सम्मान



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कनक्लेभ नेपाल २०२४ मा ‘एक्सेलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ बाट एनआईएमबी सम्मानित भएको हो ।

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो ।

विगत ४ दशकदेखि ग्राहकहरुलाई गुणस्तर सेवा दिँदै आएको एनआईएमबीले आगामी दिनहरुमा पनि ग्राहकलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएम रहेका छन्।

प्रकाशित : ८ आश्विन २०८१, मंगलवार १४:३२