अब अनलाइनबाट कम्पनी दर्ता गर्न नपाइने, यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

अब अनलाइनबाट कम्पनी दर्ता गर्न नपाइने, यस्तो छ कारण



काठमाडाै । अब अनलाइनबाट कम्पनी दर्ता गर्न नपाइने भएकाे छ । कम्पनी रजिस्ट्रारको कार्यालयले केहि समयका लागि अनलाइन दर्ताकाे सेवा बन्द गरेको हाे । सर्वोच्च अदालतले अनलाइन दर्ता प्रणालीको सफ्टवेयरका विषयमा अल्पकालीन अन्तरिम आदेश दिएपछि कार्यालयले सेवा बन्द गरेकाे हाे ।

सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै कारण कम्पनीको अनलाइन दर्ता अनिश्चित कालका लागि बन्द भएको सूचना अधिकारी चापागाईले बताए । नयाँ सफ्टवेयर छाडेर पुरानै प्रणालीमा फर्कनुपर्दा गत २४ गतेदेखि कम्पनी दर्ताको काम रोकिएको र पुरानो प्रणालीबाट कम्पनी दर्ता लगायतका काम सुचारु गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

‘बुधबार नै सर्वोच्चमा पेसी रहेको छ । अहिलेको आदेशलाई अदालतले निरन्तरता दिएन भने हालकै नयाँ प्रणालीअनुसार काम हुनेछ नत्र पुरानै प्रणालीबाट काम गरिने छ,।’ उनले भने ।

प्रकाशित : २६ भाद्र २०८१, बुधबार १८:१९