हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी, क-कसले पाउँछन आवेदन दिन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी, क-कसले पाउँछन आवेदन दिन ?



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले एआर म्यानेजर, लजिस्टिक एनड एडमिन म्यानेजर र कम्युनिकेसन एन्ड कस्टरम सर्भिस अफिसर लगायतका पदका लागि कर्मचारी मागेको हो ।

एआर म्यानेजरका लागि ह्युमन रिसोर्स म्यानेजमेन्ट विषयमा कम्तीमा मास्टर्स डिग्री हुनेपर्ने सूचनामा उल्लखे छ । यसका साथै ५ वर्षको कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

यता, लजिस्टिक एन्ड एडमिन म्यानेजर पदका लागि भने म्यानेजमेन्ट अथवा फाइनान्समा कम्तीमा मास्टर्स गरेको हुनुपर्नेछ । सो पदका लागि पनि ५ वर्षको अनुभव चाहिने छ ।

यस्तै, कम्युनिकेसन एन्ड कस्टमर सर्भिस अफिसर पदका लागि कम्युनिकेसन्समा ब्याचरल डिग्री गरेको हुनुपर्नेछ । अनुभव भने ५ वर्षको तोकिएको छ ।

प्रकाशित : २३ भाद्र २०८१, आईतवार ११:४२