‘नाडा अटो शो’को उत्कृष्ट स्टलको उपाधि सि.जि मोटर्सको ’रिडारा’लाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

‘नाडा अटो शो’को उत्कृष्ट स्टलको उपाधि सि.जि मोटर्सको ’रिडारा’लाई



काठमाडौं । काठमाडौंमा ६ दिनसम्म चलेको ‘नाडा अटो शो’को उत्कृष्ट स्टलको उपाधि सि.जि मोेटर्स प्रालि रिडाराले जितेको छ । प्रदर्शनीमा राखेका चार पाँग्रे सवारीका स्टलहरु मध्ये रिडाराले उत्कृष्ट स्टलको उपाधि जित्न सफल भएको हो ।

रिडाराको स्टललाई सिजीले आकर्षक स्वरुपमा डिजाइन गरेको थियो । रिडाराको स्टलले उत्कृष्ट स्टलको अवार्ड पाउँदा खुसी लागेको प्रालिका मार्केटिङ हेड किरण आचार्यले बताए ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, जाम र इमानका प्रतिनिधि तथा नाडा अटो शोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रा.लिका प्रतिनिधि समेत सदस्य रहनेगरी चार सदस्यीय बेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।

प्रकाशित : १७ भाद्र २०८१, सोमबार १६:३१