बागमतीमा ४.७२ प्रतिशतले बढ्याे राजस्व संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बागमतीमा ४.७२ प्रतिशतले बढ्याे राजस्व संकलन



काठमाडौं । बागमती प्रदेश सरकारमा राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष ०७९/८० को भन्दा आर्थिक वर्ष ०८०/८१ मा ४.७२ प्रतिशतले राजस्व संकलन वृद्धि भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ मा २५ अर्ब ५० करोड ४२ लाख संकलन भएको हो ।

आर्थिक वर्ष ०७९/८० मा २४ अर्ब ३५ करोड ४२ लाख राजस्व संकलन गरेको बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ मा एक अर्ब १५ करोडभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।

बागमती प्रदेश सरकार अन्तरगत कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख हरि प्रसाद उपाध्यायले लक्ष्य अनुसार नै राजस्व संकलन भएको जानकारी दिए ।

उनले भने, घरजग्गा रजिष्ट्रेशन ‘मालपोत’ र सवारीसाधन करमा केहि कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा सोचे जस्तो राजस्व सङ्कलन नभएता पनि तुलनात्मक रुपमा गत आर्थिक वर्ष भन्दा ४.७२ प्रतिशत वृद्धि हुनुभनेको सन्तोषजनक नै हो ।’

विशेषत प्रेदशमा घरजग्गा रजिष्ट्रेशन ‘मालपोत’ र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेपछि प्रदेशको अर्थतन्त्र थप सकारात्मक रुपमा चलायमान भएको उपाध्यायको भनाई छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ ।

त्यस्तै, घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ६ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१.३२ प्रतिशत अर्थात् रु पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तो छ २०७९/८० र २०८०/८० को राजस्वको अवस्था

प्रकाशित : १३ भाद्र २०८१, बिहीबार १४:०१