सीजी मोटर्सद्वारा नाडा अटो शो मा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सीजी मोटर्सद्वारा नाडा अटो शो मा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक



काठमाडाैं । नाडा अटो शो २०८१ लाई लक्षित गरि सीजी मोटर्सले नेपाली बजारमा चार वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ।

बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै कम्पनीले चार विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो। नाडा अटो शो शुभारम्भ अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

कम्पनीले नाडा अटो शोमार्फत नेपाली बजारलाई सुहाउँदो AVATR, XPENG, RIDDARA र HERO गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो।

यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै कम्पनीले बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ। यसपालीको नाडा अटो शो मा NETA, XPENG, AVATR, AION, RIDDARA, CG KYC, KING LONG र HERO गरी कम्पनीका ८ वटा स्टल छन्।

कम्पनीले नाडा अटो शो मार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ। अवतारको अवतार ११ मोडल नाडा अटो शो मार्फत सार्वजनिक भएको हो। उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ। नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ।

कम्पनीले सार्वजनिक गरेको अर्को ब्राण्ड हो XPENG। XPENG G6 को मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ।


त्यसैगरी, नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको अर्को ब्राण्ड हो RIDDARA। नाडा अटो शो को स्टल नम्बर ११ मा रहेको RIDDARA ले नेपाली बजारमा RIDDARA RD6 सार्वजनिक गरेको हो। 63kWh को ब्याट्री र 200kW को पिक मोटर पावर रहेको RIDDARA RD6 ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलवार १७:२१