अटो व्यवसायीलाई अर्थमन्त्रीको सुझावः अब बेच्न मात्र हैन, उत्पादनतर्फ लाग्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अटो व्यवसायीलाई अर्थमन्त्रीको सुझावः अब बेच्न मात्र हैन, उत्पादनतर्फ लाग्नुस्



काठमाडाैं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सवारीसाधन बेच्ने मात्र नभएर अब उत्पादनतर्फ लाग्नु पर्ने समय आएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा मंगलबारदेखि शुरु भएको ‘नाडा अटो शो २०२४’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अटो क्षेत्रका लागि नीतिगत सुधारसहित अघि बढने अहिलेको सरकारको योजना छ, अब सवारीसाधन बेच्ने मात्र होइन, अब अटो उत्पादनतर्फ लाग्नुपर्छ, राज्यले यसमा साथ दिन्छ।’ अटो मोबाइल्सको क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने बताएका छन्।

उनले विद्युतीय सवारी(ईभी) को साधनको हकमा सरकारले चाँडै नै उचित नीति लिने पनि बताए।उनले थप्दै भने, ‘मौद्रिक नीतिले अटो क्षेत्रलाई समग्र रुपमा नछोए पनि समग्र अर्थतन्त्रमा सुधार ल्याएको छ,त्यसैले यसमा समय क्रम अनुसार परिमार्जन हुँदै जाने छ।’

प्रकाशित : ११ भाद्र २०८१, मंगलवार १०:५०