नाडा अटो शो २०२४ को तयारी पूरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

नाडा अटो शो २०२४ को तयारी पूरा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

मंगलबारदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्।

नेपाली बजारमा नाडा अटो शो २०२४ सुरु हुँदै गर्दा इभीको नयाँ गाडीहरुको पनि नेपाली बजारमा भित्रिदै छ।

अटो शोको औपचारिक उद्घाटन मंगलबार बिहान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने छन्। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्स र सात वटा बैंकका स्टल रहने छन्।

शोमार्फत करीब एक दर्जन नयाँ ब्रान्डले विद्युतीय गाडी विक्री शुरु गर्दैछन् । जीकर र जेको, ब्रान्डले पनि अटो शोमार्फत विक्री शुरू गर्दैछ भने एमएडब्लू वृद्धिले डोङफेङ यसअघिनै सार्वजनिक भएको नामी ब्रान्डको औपचारिक विक्री शुरू गर्दैछ ।

त्यस्तै ओमोडा, जीएसी आयोनसहित दिपलको एक गोप्य राखिएको मोडल पनि पहिलोपटक अटो शोमा देखिने छन् । टाटा, ओमोडा, दिपल, किया, हुन्डाई, निटालगायत ब्रान्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्दै छन्। बहुप्रतिक्षित मोडल मानिएको टाटाको पन्च ईभी, दिपलको एल ०७, निटाको निटा(एक्स, बीवाईडीको एटो थ्रीको फेसलिफ्ट भर्सन, एमजीको स्पोर्टस कार साइबरस्टार, कियाको एसयूभी किया ईभी नाइन, प्रदर्शनीमा देखिनेछ।

लक्जरीदेखि साधारण उच्च मूल्यदेखि मिड रेञ्जका गाडीको बाहुल्यता रहने शोमा उच्च रेन्ज, फिचर्स, ड्राइभिङको उत्कृट अनुभव लिन सकिने छ । प्रदर्शनीमा विभिन्न कम्पनीका दुईपांग्रे, तीन पांग्रे पेट्रोलियम तथा विद्युतीय सवारी साधनसमेत आकर्षणको केन्द्र बन्नेछन् ।

प्रकाशित : १० भदौ २०८१, सोमबार १८:०७ 26 August, 2024 6:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।