सुजुकीको नयाँ जेड-सिरिज इन्जिनसहितको एपिक न्यू स्विफ्ट ‘नाडा अटो शो’ मा सार्वजनिक हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सुजुकीको नयाँ जेड-सिरिज इन्जिनसहितको एपिक न्यू स्विफ्ट ‘नाडा अटो शो’ मा सार्वजनिक हुँदै



काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयार गरेको छ । सीजी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि त्यसबेलामा उपलब्ध हुनेछ।

२००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पोर्टीनेसको पर्यायबाचिको रुपमा रहँदै आएको छ । स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस, र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएको हो । नयाँ एपिक स्विफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले परफरमेन्स र सस्टेनबिलिटीको नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याचब्याक बनाउँछ । एपिक नयाँ स्विफ्टमा थुप्रै नया युगका प्रविधि र फिचरहरु समाबेश गरेको छ, जसले ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीले जनाएको छ ।

नयाँ स्विफ्टको विशेषताहरुलाई पाँच प्रकारले परिभाषित गर्न सकिन्छ १. आकर्षक एक्सटेरियर, २. आरामदायी क्याविन, ३. आधुनिक सेफ्टी सिस्टम, ४. रमाइलो ड्राइभिङ अनुभव र ५. उन्नत प्रविधि यसमा प्रयोग गरिएको नयाँ ‘र्पाप अराउण्ड क्यारेक्टर लाइन’ स्विफ्टलाई अझै स्पोर्टी र स्टाइलिश बनाउँछ ।

क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ, जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रधान गर्नेछ । स्विफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुमर्याङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय व्हिल्सले स्विफ्ट को लुक्स अझै फ्यूचरिस्टिक बनाएको छ ।

ड्राइभ ओरेन्टेड ड्यासबोर्ड ८–डिग्रीको झुकावले ड्राइभर र कारको बीचमा मेल उत्पन्न गर्छ भने २२.८६ से.मी. (९ इन्च) स्मार्टप्ले प्रों इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सीट यात्रुहरूको लागि छिटो चार्ज गर्ने ए र सी प्रकारको यूएसबी पोर्ट, पछाडिको एसी भेन्ट्स, क्रूज कन्ट्रोल, ६०ः४० पछाडिको सीटर कीलेस इन्ट्रीले सबै यात्रुहरूको लागि सहजता र सुविधा सुनिश्चित गर्छ ।

ड्राइभर र यात्रुहरूको सुरक्षालाई बिशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न एक्टिभ र प्यासिभ सेफ्टी फिचरहरु समावेश गरेको छ । नयाँ फोर्थ जेनेरेसन स्विफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट माइलेज र सुरक्षा सुविधाहरूले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार १३:३५