धितोपत्र बोर्डमा खुल्यो ६ जनालाई अवसर, यसरी दिनुहोस् आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्डमा खुल्यो ६ जनालाई अवसर, यसरी दिनुहोस् आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न पदमा ६ जना कर्मचारी माग गरेको छ। बोर्डले शुक्रवार विज्ञापन जारी गर्दै विभिन्न ६ पदका लागि ६ जनाको दरखास्त आह्वान गरेको हो ।

बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा दरखास्त आह्वान गरेको छ। सेबोनले प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक तीनजना गरी ६ जनाका लागि दरखास्त खुलाएको छ।

इच्छुक योग्यता पुगेका नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार ११:३६