महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिद गर्दा ९.९९ प्रतिशतमै कर्जा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिद गर्दा ९.९९ प्रतिशतमै कर्जा दिने



काठमाडौं । महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त समझदारी पत्रमा कम्पनीका प्रतिनिधि तथा नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनी बीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।कम्पनीको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु छन् ।

प्रकाशित : ६ भाद्र २०८१, बिहीबार १४:४२