लुयानले ल्यायो चाडपर्व अफर, पुराना बाइक तथा स्कुटरसँग नयाँ एक्सचेन्ज गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

लुयानले ल्यायो चाडपर्व अफर, पुराना बाइक तथा स्कुटरसँग नयाँ एक्सचेन्ज गर्न सकिने



काठमाडौं। लुयान नेपालले आउँदै गरेका विभिन्न चाडपर्वहरुलाई मध्यनजर गर्दै लुयान चाडपर्व अफर सञ्चालन गरेको छ। यस अन्तर्गत लुयानका कनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथैएउटा एअर फ्रायर उपहार पाइनेछ। यो अफर भदौ १ गते देखि भदौ मसान्तसम्म जारी रहने लुयानले जनाएको छ।

यसका साथै चालु आर्थिक बषर्को कर, एउटा प्रिमियम हेलमेट र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराइने छ। साथेै कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसगँ साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ। पुराना बाइक अथवा स्कटुर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिने लुयानले जनाएको छ।

नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा उपलब्ध गराइने जनाउँदै आम्दानीको स्तरको आधारमा कमसकेम २०५ डाउनपेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने लुयानले जानकारी दिएको छ ।

लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुनेहुँदा अन्य सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्नेक्षमता बढी हुनेगर्दछ भनेयसको लाइफ पनि बढी हुन्छ।आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकालेलुयानका स्कुटरहरुलाई बर्षायाममा चलाउन कुनै समस्या पर्ने छैन।

काठमाण्डौं उपत्यका भित्र मात्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेका् जनाइएको छ। हरके सर्भिस सेन्टरमा चार्जिङ प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने छ।

लुयान ब्राण्ड इलेक्ट्रिक स्कुटरको लागि विश्वविख्यात नाम हो। यसको स्थापना करिब २७ बर्ष पहिला चीनमा भएको हो । आजको मितिसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरुमा लुयानका इलेक्ट्रिक स्कुटरहरुको बिक्री वितरण भइरहेको छ ।

देशको उर्जा देशमै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रि गर्दै आइरहेको छ।

प्रकाशित : ३ भाद्र २०८१, सोमबार १२:४७