कजारिया रमेश टायल्स लिमिटेडद्धारा धनगढीमा ग्यालेक्सी शोरुम उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

कजारिया रमेश टायल्स लिमिटेडद्धारा धनगढीमा ग्यालेक्सी शोरुम उद्घाटन



धनगढी । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको भव्य उद्घाटन गरेको छ। यो अत्याधुनिक शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रूपमा रहेको छ ।

जसले ग्राहकहरूको विविध आवश्यकताहरू पूरा गर्न यस शोरुममा उत्कृष्ट कजारिया रमेश टायल्सहरूको अद्वितीय संग्रह प्रदान गर्दछ। स्वस्तिवाचन मार्फत सुरुवात गरिएको औपचारिक कार्यक्रममा गौरीशंकर राठी र महालक्ष्मी देवी राठीद्वारा दीप प्रज्वलन गरे । कार्यक्रममा सुरेन्द्र राठीले नयाँ कार्यको सफलताको कामना गर्दै शुभकामना ब्यक्त गरे।

यो समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्रीम्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, र धनगढी उपमहानगरपालिका वार्ड नं ४ का अध्यक्ष बुद्धि बहादुर खड्का सहित स्थानीयवासी, उद्योग व्यवसायीहरू, र सम्मानित व्यक्तित्वहरूको उपस्थिति थियो ।

जसले धनगढीको व्यावसायिक क्षेत्रमा यस महत्वपूर्ण योगदानको लागि कम्पनीलाई हौसला प्रदान गरे। धनगढीको मुख्य सडकमा अवस्थित २५०० वर्ग मिटरको राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम आधुनिक डिजाइनका टायल्सहरूको लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले उद्घाटनको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘राठी इन्टरप्राइजेजद्वारा सञ्चालित धनगढीमा कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन पश्चिम नेपालका ग्राहकहरूलाई उच्चतम गुणस्तरका टायलहरू उपलव्ध गराउने प्रतिवद्धताको प्रमाण हो।’

यस शोरुमले हाम्रो उत्कृष्टता प्रतिको समर्पण र टायल किनमेलको अनुभवलाई पुन: परिभाषित गर्ने हाम्रो दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार १८:१६