अर्थ मन्त्रालयद्वारा सय दिनकाे कार्ययोजना तयार, के-के परे प्राथमिकतामा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थ मन्त्रालयद्वारा सय दिनकाे कार्ययोजना तयार, के-के परे प्राथमिकतामा ?



काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् ।

नयाँ बीमा नियमावली, २०८१ तर्जुमा गरी मन्त्रिपरिषदमा पेश गर्ने, साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०८१ मन्त्रिपरिषद पेश गर्ने, भन्सार महसुल नियमावली,२०८१ तर्जुमा गर्ने, सार्वजनिक संस्थानमा ऋण तथा लगानी सम्बन्धी नीति तर्जुमा गरी मन्त्रिपरिषदमा पेश गर्ने,आन्तरिक ऋण निष्कासन तथा व्यवस्थापन कार्यविधी तर्जुमा गर्ने रहेका छन् ।

अर्थ मन्त्रालयले आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को संशोधन विधेयक संघीय संसदमा पेश गर्ने योजना बनाएको छ । बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा पर्याप्त छलफल तथा नीतिगत सुझाव प्राप्त गर्न बजेट क्यालेण्डर परिवर्तन भइ बजेट तर्जुमा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

वार्षिक २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने थप २०० करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आवद्ध गर्ने, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गर्ने लगायत छन् ।

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार १६:१८