एक बर्षमा जीवन बीमा कम्पनीकाे व्यवसाय एक खर्ब ५६ अर्ब माथि, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

एक बर्षमा जीवन बीमा कम्पनीकाे व्यवसाय एक खर्ब ५६ अर्ब माथि, कुनको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक बर्षमा १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को असार महिनासम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले कुल १ करोड ३७ लाख ७४ हजार ६३५ वटा बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा कम्पनीहरुले असार महिनामा मात्रै ५ लाख ५५ हजार ९२१ वटा बीमा लेख जारी गरी २२ अर्ब ७० करोड ५५ लाख ६५ हजार रुपैंया बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

एक बर्षको अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरको छ । कम्पनीले समीक्षा अवधिमा ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १९ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफले १६ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले यस अवधिमा ९ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी एशियन लाइफले ८ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ६ अर्ब २१ करोड रुपैयाँ, सानिमा रिलयान्स लाइफले ६ अर्ब १८ करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रकाशित : २२ श्रावण २०८१, मंगलवार १५:३२