दुईपटक सर्किट ब्रेकर लागेको बजारमा के भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दुईपटक सर्किट ब्रेकर लागेको बजारमा के भयो ?



काठमाडौ २१ चैत । आधा घण्टाको बीचमा दुई पटक बढेर सक्रिट ब्रेक लागेको बजार अन्नत ओरालो लागेको छ । बजार खुलेको छोटो अबधिमा साढे २२ करोड रुपैयाँको मात्र कारोवार भएर ४ प्रतिशतले बढेको बजार त्यसयता ओरालो लाग्दै ६ दशमलव ५९ अंकले घटेको छ । कारोबारको सुरुवातमा उछालको गतिमा उकालो लागेका अधिकांश समूहमा रातो पोतिएको छ । टेडिंग र बिमा समूहको सूचकमा सामान्य बढोत्तरी भए पनि बाँकी सबै समूह घटे ।

५ प्रतिशत बढीको वृद्धिको अवस्थामा पुुगेको वाणिज्य बैंक समूह ०।४७ प्रतिशत९७।२८ अंक०ले घट्यो भने विकास बैंक र बित्त समूहमा पनि क्रमशः १४।०८ र ८।८४ अंकको गिरावट आयो । होटल, जलविद्युत र अन्य समूह क्रमशः ३५।३९, २९।५२ र ५।५ अंकले घट्न पुुगे । बिमा समूह ६७।६५ अंक९०।७९ प्रतिशत०ले बढ्यो भने ट्रेडिङ समूहमा १।४१ अंकको वृद्धि देखियो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १।२२ अंकले घट्यो भने फ्लोट इण्डेक्समा पनि ०।३७ अंकको गिरावट देखियो । दिनभर कुल १ सय ४४ कम्पनीको ५५ लाख ५४ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ११:१४