नेप्सेमा दोस्रो पटक सर्किट : ४० मिनेटको लागि कारोबार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा दोस्रो पटक सर्किट : ४० मिनेटको लागि कारोबार बन्द



काठमाडौं । सेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ । मौद्रिक नीतिले लगानीकर्तामा उत्साहको माहोल सिर्जना हुँदा बजारमा हरियाली आएको हो ।

साताको पहिलो दिन नेप्से परिसूचक कारोबार सुरु भएको १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । नेप्से १२५.३२ अकंले बढेर २६९३.४६ बिन्दुमा पुगेको छ ।

प्रकाशित : १३ श्रावण २०८१, आईतवार ११:३१