सुनको मूल्य तोलामा ११ सयले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा ११ सयले बढ्यो



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य बढेको छ।मंगलबार प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा एक हजार १०० रुपैयाँले बढेको हो।

आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ९ श्रावण २०८१, बुधबार ११:००