एक वर्षमा ओटीसी मार्केटमा पाँच अर्ब बढीको कारोबार, कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एक वर्षमा ओटीसी मार्केटमा पाँच अर्ब बढीको कारोबार, कुन कम्पनीको कति ?



काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा ओटीसी मार्केटमा पाँच अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ।गत आवमा ओटीसी मार्केटमा ९९ कम्पनीको पाँच अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँबराबरको तीन करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर किनबेच भएको हाे ।

ओटीसी मार्केटमा सर्वाधिक कारोबार लर्ड बुद्ध एजुकेसन एकेडेमीको भएको छ। यो कम्पनीको मात्रै १२ लाख ४ हजार ५८३ कित्ता शेयर ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँमा कारोबार भएको छ। लर्ड बुद्धको प्रतिकित्ता ५४० रुपैयाँमा शेयर किनबेच भएको छ।

नेप्सेले ओटीसी मार्केटको अवधारणाको विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको हो। ओटीसी मार्केटमा २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार तथा नामसारी नेप्सेको ओटीसी मार्केटमार्फत कारोबार गर्न सकिने व्यवस्था छ।

हालसम्म ओटीसी मार्केट २४४ वटा कम्पनी ओटीसी मार्केटमा दर्ता भई कारोबारमा रहेका छन्।

कुन कम्पनीको कति ?

प्रकाशित : ८ श्रावण २०८१, मंगलवार १६:१५