सुनको मूल्यमा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा सामान्य वृद्धि



काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर प्रतिताेला एक लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार ११:०४