काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले पछिल्लो दुई सातामा सेयर बजार सकारात्मक देखिनु सरकारप्रति जनताले गरेको विश्वास रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘५० लाख भन्दा बढी संलग्न रहेको सेयर बजार पछिल्लो दुई सातामा नै ४०० अंक बढेको छ। नेप्से २७ महिना यताकै उच्च भएको छ । जुन सरकारप्रति जनताले देखाएको विश्वास यो हो ।’
उनले अब सेयर बजार मात्र होइन देशको सबै बजार चलायमान हुने प्रतिवद्दता समेत गरेका छन्।
Comment