सेयर बजार ७९ अंकले उक्लियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजार ७९ अंकले उक्लियो



काठमाडौँ २० चैत । सेयर बजार खुलेको साढे दुर्इ घण्टा नबित्दै सेयर बजार परिसुचक नेप्से पाँच प्रतिशतले बढेपछि आजलाई कारोबार स्थगित गरिएको छ । आज बजारमा दुई पटक सर्किट ब्रेक लाग्यो ।आज नेप्से परिसुचक साढे ७९ प्रतिशतले बढेर साढे सोह्र सय पार गरेको छ ।

कारोबार खुलेको दुई घण्टा नबित्दै बजार चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो भने १ बजेर २७ मिनेटमा पुनः खुलेको बजार ६ मनिट मै कारोबार नै स्थगित गरिएको हो । त्यस्तै,  चुक्ता पुँजी वृद्धिको नयाँ निर्देशनपछि बजारमा सूचीकृत अधिकांश बीमा कम्पनीको सेयर १० प्रतिशतको हाराहारीमा बढेको छ भने ९६ करोड रुपियाँको कारोबार भएको छ ।

सर्किट ब्रेक लागेका कम्पनीको पनि कसैले १० प्रतिशतभन्दा सेयर कारोबार गर्न चाहेमा भने गर्न सकिने व्यवस्था छ । बीमा समूहको परिसूचक पनि ७ सय  ७३३ अंक बढेको छ । बीमासँगै लघुवित्त कम्पनीहरु, बिकास बैंकहरुको समेत मूल्य १० प्रतिशतले बढेको छ । यस दिन बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ ।

प्रकाशित : २० चैत्र २०७३, आईतवार १२:५२